रौतहट । रौतहट सदरमुकाम गौरमा रहेको देशकै लामोताल बरहवातालमा रौतहटका युवाहरूले रहिथाने विरुवाहरु सारेका छन् ।
उक्त विरुवा रोपन कार्यक्रममा विद्यार्थी भाइबहिनी, आमबुवा र स्थानीय युवाहरूको उल्लेख्य सहभागीता रहेको थियोे । बरहवा ताललाई सुन्दर बनाउन र रहिथाने फलका विरिछहरुले चराचुरिगिहरुको आकर्षण बढने भएको हुनाले सो विरुवा लगाइएको युवा विक्रम यादवले बताए ।
सो बरहाताललाई सुन्दर र पर्यटकिय स्थल बनाउन सके रोजगारी र व्यवसायको सृजना हुनसक्ने कुरा अर्का युवा धर्मेन्द्र साहले बताएका छन् ।
सो कार्यक्रममा रौतहटका युवाहरू खुसीमनले सहभागिता देखाएका थिए । सहभागी युवाहरू नेता ललन यादव, नेपाल पत्रकार महासंघ रौतहटका सदस्य पुस्पराज यादव, युवा सोनु महतो, आर्यन साह, हिमाल जयसवाल, हिरालाल कुशवाहा लगायत सयौं युवाहरूको सहभागिता रहेको थियोे ।