Thursday, September 12, 2024

रौतहट क्षेत्र १ मा एकल नाम सिफारिसको विरुद्ध एमालेमा असन्तुष्टि बढ्दै

ताजा / भरखरै प्राप्त

रौतहट, १८ भदौ । नेकपा एमाले रौतहट क्षेत्र १ को लागि गरिएको निर्णयलाई अलोकतान्त्रिक, कोठे प्रवृत्तिको भएको भन्दै असन्तुष्टि प्रकट गरिएको छ ।

क्षेत्र नम्बर १ को प्रतिनिधि सभा र प्रदेश सभाको क र ख को लागि उम्मेदवारको नाम सिफारिस गर्न दुर्गा भगवती को गंगा पिपरा स्थित सामुदायिक भवनमा बोलाइएको भेलामा संयोजक सहितका पदाधिकारीहरु गोप्य रुपमा कोठे बैठक गरेर नाम छनौट गरि भेलामा सुनाएको कार्य असंवैधानिक, अलोकतान्त्रिक र पार्दर्शी नभएको कतिपय एमालेका कार्यकर्ताहरु असन्तुष्टि जनाएको हो ।

एमाले निकट नेपाल अखिल किसान संगठनको केन्द्रीय सदस्य विरेन्द्र पाण्डेले हामीलाई भेलामा बोलाएर जिल्ला नेतृत्व बोका बनायो किनकि राजेश चौधरीको घरमा गोप्य निर्णय गरि माइनुट गरेर भेलामा सुनाउने कार्य प्रति गम्भीर आपत्ति प्रकट गरे । हामी खाटी एमाले तर हामी संगै धोखाधडी गर्दा अब कहाँ जानू उनले दुखेसो पोखे ।

एमालेको नीति विधान अनुसार उम्मेदवारको नाम सिफारिस गर्ने प्रक्रियाको सामान्य रुपमा पालना गर्न नसकिनु दुर्भाग्यपूर्ण भएको ठहर गर्दै कम्तीमा एक महिला सहितको ३ जनाको नाम सिफारिस गर्नुपर्नेमा एकल नाम सिफारिस गरिएको म सहित धेरैको असहमति रहेको पाण्डेले बताए ।

हामी उक्त कार्यको हामी सम्बन्ध निकायमा यस्तो परिपाटीको विरोध गर्ने छौ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles