रौतहट, भाद्र १८। रौतहट सदरमुकाम गौर स्थीत प्रादेशिक अस्पातालकाे भित्री र बाहिरी भागमा रहेको फोहर लाई गौर का यूवा संजाल समुहले सरसफाई गरेका छन।
उक्त कार्यक्रम गौर जिल्ला अस्पताल का मेसु कृष्णा साह काे नेतृत्व मा भएको हो। उक्त सरसफाइ कार्यकर्म मा स्वास्थ कर्मी कर्मचारी विद्यार्थी काे पनी सहभागिता रहेको थियो ।
गौर अस्पताल सरसफाइको लागी एक हप्ता अगाडि देखिनै स्वतन्त्र युवाहरुले पत्र पत्रिका र सोसल मीडिया मार्फत सहभागिता काे आह्वान गरिरहेका थिए।
सो आह्वान कै कारण सयौं युवाकाे सहभागिता रहेको थियो। उक्त सरसफाइ कार्यक्रममा राजदेवी नगरपालिकाले आफूहरुलाई बुल्डोजर उपलब्ध गराइ गौर प्रदेशिक अस्पताललाई सफा गर्न एक कदम सहयोग गरिदिनु भएकोमा धन्यवाद दिदै यूवा विक्रम यादव ले युवाहरुले गरेको आह्वानलाई पत्याउँदै ठूलो सहभागिता का लागी धन्यवाद व्यक्त गरेका थिए।
त्यसै गरी अर्का यूवा आर्यन साहले भने आफू एकदमै खुसी भएको र सरसफाइ कार्यक्रममा सहभागी युवाहरुको जमात देखेर अझ हौसाल प्रदान भएको महसुस गर्छन्।
सवै जसो युवाको ओठ मा हाँसो र मन भरी काे उल्लासले केही बेर गौर प्रदेशिक अस्पाताल उल्लासमय देखिएको थियो । उक्त कार्यक्रममा मेशु कृष्णा साहले जिल्लाको अस्पाताललाई सफा राख्न बेला बेलामा एनजीओ, आइएन्जिओ, क्लब र विद्यालयलाई आह्वान गरेका थिए।