गोरखापत्रकर्मी कुमार विवेकानन्द मिश्र पुरस्कृत 

0
441
तस्बिर- सामाजिक संजालबाट

रौतहट, भदौ २४ । गोरखापत्र दैनिकका नायब कार्यकारी सम्पादक कुमार विवकानन्द मिश्र पुरस्कृत हुनुभएको छ । उहाँलाई ‘मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार’ ले पुरस्कृत गरिएको हो । 

नेपाल पत्रकार महासङ्घ रौतहट शाखाले आयोजना गरेको सो पुरस्कार शुक्रवार गरुडास्थित एक कार्यक्रमबीच नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मिश्रलाई नगद २५ हजार रुपियाँ तथा सम्मानपत्रले पुरस्कृत गर्नुभयो ।

पत्रकार महासङ्घ रौतहट शाखाको दुई पटक अध्यक्ष भई रौतहटको पत्रकारिता क्षेत्रमा उहाँले पु¥याउनुभएको योगदानको उच्च कदर गर्दै मिश्रलाई सम्मानित गरिएको महासङ्घ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाले बताउनुभयो । पुरस्कृत भएका मिश्र २०५८ देखि २०६४ सम्म महासङ्घ रौतहट शाखाको अध्यक्षको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । 

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालले पत्रकार समाजको ऐना भएकाले पत्रकार समाजमुखी एवम् जनमुखी हुनुपर्ने बताउनुभयो । अध्यक्ष नेपालले पत्रकारले गाउँ, समाजमा रहेका विकृति विसङ्गतिलाई निर्मूल पारी असल र सभ्य समाजको रूपान्तरणमा कलम चलाउन आग्रह गर्नुभयो । सभार-गोरखापत्रबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here