२७ भदौ, काठमाडौं । जनता प्रगतिशील पार्टी, नेपालका अध्यक्ष हृदयश त्रिपाठीले राष्ट्रपतिसामू नागरिकता विधेयक प्रमाणिकरण गर्नुको विकल्प नरहेको बताएका छन् ।
संघीय संसदको दुवै सदनले दोस्रो पटक पारित गरेर पठाएको विधेयक राष्ट्रपतिले प्रमाणिकरण नगरे मुलुकमा दूर्भाग्यपूर्ण अवस्था आउने चेतावनी दिए । नागरिकता विधेयकलाई लिएर राजनीतिक विभाजन ल्याउन खोजेको भन्दै त्रिपाठीले भने, सले कहीँनकहीँ दूर्भाग्यपूर्ण अवस्थामा देशलाई लैजान्छ ।’सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा त्रिपाठीले नागरिकता विधेयक प्रमाणीकरणसँग संविधानले दिएको संसदीय सर्वोच्चता कायम रहने कि नरहने भन्ने प्रश्न पनि जोडिएको बताए ।उनले भनेका छन्, ‘हाम्रो संविधान अनुसार संसदले पारित गरेको विषय एक पटक पुनर्विचारका लागि पठाउन सक्ने व्यवस्था छ । तर, यदि दोस्रो पटक संसदले कुनै पनि विधेयक पारित गर्छ भने त्यो बेलायती मोडल अनुसार त्यसलाई प्रमाणिकरण गर्न बाहेक अन्य विकल्प छैन ।’