Thursday, May 15, 2025

आइबिए बिधालयकी जेसिका साह बनिन उत्कृष्ट वक्ता


रौतहट, २८ भदौ । रौतहट सदरमुकाम गौर स्तिथ राइस मिल को सभा हलमा एस आर एच मिडिया नेपाल को आयोजनामा अन्तर बिध्यालय वक्त्तित्वकला प्रतियोगितामा आइबिए बिद्यालय कि कक्षा सात कि जेशिका साह प्रथम भयकि छिन ।

कुल १७ जना सह्भगि छात्र , छात्रामा आइबिए बिद्यालय प्रथम हुन पुगेको हो, दोस्रोमा बि ५ का अबिनिस यादब र तेस्रो मा मित्र मेमोरियल बिध्यालयका आर्यन गुप्ता भए ।
सावन यादब को सभापतित्वमा भएको सो कार्यक्रमका प्रमुख अतिथि गौर नगरपालिकाका प्रमुख शम्भु साह, लगायत विशिष्ट अतिथिमा नेपाल पत्रकार महासंघका पुर्ब अध्यक्ष शैलेन्द्र गुप्ता, युवा नेता ललन यादबको उपस्थिति रहेको थियो ।

आइबिए बिधालयका प्रधानाध्यापक सन्तोष पैडेल सहित विद्यार्थीहरु

उक्त प्रतियोगितामा प्रथम दोस्रो र तेस्रो हुनेलाइ मयोर साहले पुरस्कर र शिल्ड प्रदान गरेका थिए । मेयर साहले प्रतियोगिताले बाल बालिकाको बोल्ने सक्तिमा सहयोग गर्ने कुरामा चर्चा गरे । प्रतियोगितामा अभिभावक र सयौं बिध्यार्थिको सहभागिता रहेको थियो ।

एस एस आर मिडिया नेपाल प्रा.लि. ले ५८ औं राष्ट्रिय बाल दिवस २०७९ को उपलक्ष्यमा आयोजना गरिएको हो ।
उक्त कार्यक्रमका मिडिया पार्टनर प्रदेश अन्लाईन न्युज रहेको छ ।

लोकप्रिय