Monday, October 7, 2024

माधव नेपाल भन्छन् : उठेर दुई कदम हिँड्न सक्दैन, तैपनि टिकट चाहिएको छ

ताजा / भरखरै प्राप्त

२९ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा टिकट व्यवस्थापन गर्न गाह्रो भइरहेको बताएका छन् ।

उठेर दुई कदम पनि हिँडन नसक्नेहरुले पनि टिकट दाबी गरिरहेको उनले बताए । बुधबार पार्टी निकट समाजवादी सहकारी संगठन, नेपालको घोषणा कार्यक्रममा अध्यक्ष नेपालले भने, ‘सबैलाई टिकट चाहिएको छ । उठेर दुई कदम हिँड्न सक्दैन, बुढो भइसक्यो । तैपनि मर्ने बेलामा एकचोटी त पाऊँ भन्छन् ।’

को काबिल छन्, को काबिल छैन भन्ने छुट्टयाउने आधार पनि बनाउन नसकिएको उनले बताए । सभार-अनलाइन खबरबाट

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles