सनराइज बैंक गौर शाखाद्धारा रक्तदान कार्यक्रम सम्पन्न

0
385

रौतहट, ९ असोज । सनराइज बैंक रौतहट गौर शाखाले आफ्नो १५औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

सहयात्रा जीवन सुरक्षाको लागि भन्ने नाराको साथ आज सनराइज बैंक गौर शाखाले रक्तदान कार्यक्रम गरेको हो ।

बैंकले आयोजना गरेको सो कार्यक्रममा सनराइज बैंक गौर शाखा प्रमुख सिकिन्द्र राय यादव, स्थानीय रबि कुमार साह, प्रेम कुमार राउत, धर्मराज चौधरी, रंजित चौधरी, रामबाबु राम, राजाबाबु अधिकारी, बामदेव मिश्र लगायत १८ जनाले रक्तदान गरेका छन् ।

आउँदै गरेको महान चाँड दशैंमा मानिसहरु किनमेल, भ्रमण आदिमा व्यस्त रहने र उक्त समयमा हुन सक्ने रगत अभावलाइ परिपूर्ति गर्न यस रक्तदान कार्यक्रमले मद्दत पुर्याउने सनराइज बैंक गौर शाखा प्रमुख यादवले बताए । उक्त रक्तदान कार्यक्रम सनराइज बैंकको मधेस प्रदेश प्रमुख दिपक पण्डितको सक्रिय सहभागितामा आयोजना गरिएको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here