लोसपाकी कार्यकारिणी सदस्य चन्दा चौधरी कांग्रेस प्रवेश

0
390

लोकतान्त्रिक समाजवादी पार्टीकी कार्यकारिणी सदस्य चन्दा चौधरी नेपाली कांग्रेस प्रवेश गरेकी छन्।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई पार्टी प्रवेश गराएका हुन्।

invotech

उनी २०७४ सालमा तत्कालीन राजपाबाट समानुपातिक सांसद बनेकी हुन्। राजपा र समाजवादी पार्टी एकता भएर गठन भएको जसपा विभाजन भएपछि उनी लोसपामा लागेकी हुन्।

तत्कालीन तमलोपाबाट उनी २०६४ मा सांसद बनेकी थिइन्। केपी ओली नेतृत्वको सरकारमा केही समय मन्त्री बनेकी चौधरी २०६६ सालमा माधव नेपाल नेतृत्वको सरकारमा राज्यमन्त्री बनेकी थिइन्।

softwarica

प्रधानमन्त्री निवास बालुवाटारमा सांसद चौधरीलाई आरजु राणाले टीका लगाइदिएकी थिइन्। 

चौधरी पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here