Saturday, July 13, 2024

माओवादीले टुंग्यायो मधेसका चार जना उम्मेदवार

ताजा / भरखरै प्राप्त

२२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले मधेस प्रदेशबाट प्रतिनिधिसभा सदस्यमा चुनाव लड्ने चार जना उम्मेदवारको टुंगो लगाएको छ ।

दुई उम्मेदवारको अझै टुंगो लाग्न बाँकी छ ।

सत्ता गठबन्धनमा भएको भागवण्डामा माओवादीले मधेस प्रदेशका ३२ मध्ये ६ सिट पाएको छ ।

त्यसमध्ये धनुषा १ मा मात्रिका यादव, सिराहा ३ मा विश्वनाथ साह, महोत्तरी १ मा गिरिराजमणि पोखरेल र सर्लाही २ मा महिन्द्र राय यादवलाई उम्मेदवार बनाउने तय भएको छ ।

सर्लाही ३ र रौतहट ३ को भने प्रतिनिधिसभा सदस्य उम्देवार तय भइनसकेको सचिव गणेश साहले जानकारी दिए । सभार-अनलाइन खबरबाट

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles