Sunday, June 16, 2024

जसपा अध्यक्ष यादवद्वारा सप्तरी-२ बाट उम्मेदवारी दर्ता

ताजा / भरखरै प्राप्त

सप्तरी — जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा सदस्यका लागि सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । एमालेसँगको गठबन्धनबाट जसपाका अध्यक्ष यादवले सप्तरीबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

यादव २०७४ सालमा पनि सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । संविधानसभाका २०६४ र २०७० का निर्वाचनमा भने उनले सुनसरी ५ बाट निर्वाचित भएका थिए ।

जसपा उम्मेदवारी दर्ता गर्नु केही दिन पहिलेमात्रै एमालेसँग गठबन्धन गर्न पुगेको हो । सरकारमा रहेको जसपाले सत्तारुढ गठबन्धनबाट आफूलाई प्राप्त सिटमा चित्त नबुझाएपछि एमालेसँग गठबन्धन गर्न पुगेको हो । सभार-कान्तिपुरबाट

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles