Thursday, September 12, 2024

युक्रेनको राजधानीसहित विभिन्न स्थानमा रुसको क्षेप्यास्त्र आक्रमण

ताजा / भरखरै प्राप्त

काठमाडौँ — युद्धग्रस्त युक्रेनको राजधानी किभसहित रुसले विभिन्न सहरमा क्षेप्यास्त्र आक्रमण गरेको छ । रुस स्थानीय समय अनुसार सोमबार बिहानै युक्रेनमा ८३ वटा मिसाइल आक्रमण गरेको हो । ती मध्ये ४३ वटा क्षेप्यास्त्रलाई भने युक्रेनी सेनाले बीचमै ध्वस्त पारेको थियो ।

क्षेप्यास्त्र आक्रमणमा परेर कति हताहत भए भन्ने यकिन विवरण प्राप्त नभएपनि त्यो संख्या ठूलो हुने अनुमान अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले गरेका छन् । आक्रमणका कारण देशका धेरै स्थानमा विद्युत आपूर्ति ठप्प भएको छ भने आममानिसको दैनिक जीवन पनि प्रभावित बनेको छ ।

तस्बिर स्रोत: बीबीसी

रुस र क्रिमियालाई जोड्ने एकमात्र पुलमा युक्रेनले क्षेप्यास्त्र आक्रमण गरेको बताउँदै रुसी राष्ट्रपति भ्लादमिर पुटिनले त्यसलाई ‘आतंकवादी क्रियाकलाप’को संज्ञा दिएका थिए । युक्रेनले भने सो आक्रमणको जिम्मा लिएको छैन । रुसले गरेको ताजा क्षेप्यास्त्र आक्रमण भने त्यसैको जवाफ रहेको बताएको छ । जसलाई पुटिनले पनि पुष्टि गरेका छन् ।

किभमा जर्मन महावाणिज्यदूतको बसोबास रहेको भवनमा पनि क्षेप्यास्त्र खसेको जर्मन विदेश मन्त्रालयले जनाएको छ । त्यसमा कतिजना हताहत भए भन्ने बारे भने कुनै जानकारी दिइएको छैन ।क्षेप्यास्त्र आक्रमणको युरोपका अधिकांश देशले विरोध गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles