वरुण धवन र कृति सेननको हरर-कमेडी फिल्म ‘भेडिया’को ट्रेलर सार्वजनिक

0
550

काठमाडौं । वरुण धवन र कृति सेनन स्टारर बलिउड फिल्म ‘भेडिया’को ट्रेलर रिलिज भएको छ । हरर-कमेडी जनराको यो फिल्मलाई अमर कौशिकले निर्देशन गरेका हुन् ।

ट्रेलरमा वरुणमा देखिएको अवस्था असामान्य अवस्थालाई चित्रण गरिएको छ । फिल्ममा वरुणकी प्रेमिकाको भूमिकामा रहेकी कृति  छोटो र स्टाइलिस कपालमा प्रस्तुत छिन् ।

जियो स्टुडियोज र दिनेश भिजनको प्रस्तुति रहेको भेडिया आगामी नोभेम्बर २५ मा सिनेमाघरमा रिलिज हुँदैछ ।

कृतिले यसअघि जियो स्टुडियोजका लुकाछिपी र मिमी फिल्ममा अभिनय गरेकी थिइन् , दुवै फिल्म हिट भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here