गुजरातमा फेरि भाजपाकै सरकार !

0
326

२२ मंसिर, काठमाडौं । भारतको गुजरातको विधानसभा चुनाव फेरि भारतीय जनता पार्टी (भाजपा) ले जित्ने देखिएको छ ।

गुजरातमा पछिल्लो २७ वर्षदेखि भाजपा शासनमा छ । यद्यपि पछिल्लो पटक भाजपा जम्मा ९९ सिटमा समेटिएको थियो । कांग्रेसले ७७ सिट जितेको थियो ।

१८२ विधानसभा सिटमा दुई चरणमा भएको चुनावको प्रारम्भिक मत गणानामा भाजपाले १५९ स्थानमा अग्रता लिएको छ । कांग्रेसले जम्मा १५ सिटमा अग्रता लिएको छ ।

आम आदमी पार्टी (आप) ५ स्थानमा अगाडि छ । गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेल भन्छन्, ‘गुजराजको नजिता निकै प्रष्ट छ । जतताले गुजराजको विकासलाई निरन्तरता दिने सोच बनाएका छन् । हामीले यसलाई सहर्ष स्वीकार गर्छौं ।’

भाजपाको गुजरात इकाईका अध्यक्ष आरसी पाटिलका अनुसार मुख्यमन्त्रीको सपथ १२ डिसेम्बरमा हुनेछ । सपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीका साथै मुख्यमन्त्री अनित शाह पनि सहभागी हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here