राैतहट ।। स्वास्थ्य समाग्रीकाे अभावमा सहज उपचार पाउँन नसकेका आम नागिरककाे लागि भिडियाे एक्स रे अति महत्वपूर्ण रहेकाे नेकपा एसकाे अध्यक्ष राैतहट क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य पूर्व प्रधानमन्त्री माधव कुमार नेपाले बताउनु भएकाे छ ।
आज शुक्रवार आफनै निवास गाैरमा रौतहट निर्वाचन क्षेत्र नम्बर १ को ७ वटा पालिकामा Portable USG (Portable Video X – ray) एक एक सेट हस्तनान्त्रण गर्न आयाेजित कार्यक्रमलाइ सम्बाेधन गर्दै नेपालले, यस भिडियाे एक्स रेले ग्रामिण क्षेत्रका आमनागरिकलाइ लक्षीत गरि प्रदान गरिएका बताए ।
चुनाव सकिए लगत्तै स्वास्थ्य, शिक्षा तथा विभिन्न क्षेत्रमा चौतर्फी विकाशको सुरुवात रौतहट क्षेत्र न.१को प्रतिनिधि सभा सदस्य तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालद्वारा गौर नपा, राजदेवी नपा, यमुनामाई ग़ापा, दुर्गाभगवाती ग़ापा, माधवनरायण नपा, गढ़ीमाई नपा र गरुडा नगरपलिका का लाई स्वास्थ समाग्री video ultrasound १-१थान हस्तान्तर गर्नु भएका छन।
Portable USG (Portable Video X – ray) १ थानको मुल्य करिव १५ लाख ६५ हजार ९६ रूपैया रहेकाे छ । ७ वटाको मुल्य करोड नौ लाख पच्पन्न हजार छ शय चौहत्तर रुपैयाँ एकतिस पैसा हुने एकीकृत स्वास्थ्यकर्मी संगठन नेपालको मधेस प्रदेश अध्यक्ष एवम् स्वास्थ्य मन्त्रालयमा कार्यरत श्री सुरेन्द्र ठाकुर जानकरी दिएका छन् ।
नेपाल सरकार स्वस्थ्य मन्त्रालयकाे सहयाेगमा हस्तनान्त्रण गरिएकाे यो सानो भिडियो X-ray हो । यस्को कार्टुन भित्र tablet आकारको Monitor -१ थान, printer -१ थान, Probe-१ थान छ।
यो video x- ray bag मा बोकेर प्रत्येक वडाको स्वास्थ्य चौकीमा पुगेर सेवा प्रदान गर्न सकिन्छ । बिशेष गरि गर्भवती महिलाहरुलाई लक्षित गरेर बनाईएको हो तर आवश्यकता अनुसार अन्य बिरामीको लाई पनि प्रयोग गर्न सकिन्छ गाैर नगरपालिकका मेयर शम्भु साहले बताए ।
कार्यक्रममा पालिका मेयरहरु, प्रमुख प्राशशकीय अधिकृत हरु र क्षेत्र न.१ को प्रदेश सभा सदस्य नागेंद्र शाह र ख को प्रदेश सभा सदस्य कृष्णा यादव सहितकाे उपस्तिथि रहेको थियो ।