रौतहट, ५ पुस । स्थानीय तहकाे शिक्षा क्षेत्रका लागि विपद पूर्वतयारी तथा प्रतिकार्य याेजना तर्जुमाका लागि ” पालिका स्तरीय ३ दिने कार्यशाला ” गाेष्ठी आजबाट राैतहटकाे गरूडा नगरपालिकामा सुरू भएकाे छ ।
भुकम्प प्रविधि राष्ट्रिय समाज नेपालकाे आयाेजना तथा UNICEF Nepal र European Union काे सहयाेगमा कार्याशाला सुरू भएकाेहाे । रौतहटको गरुडा नगरपालिकामा सञ्चालन भइरहेको साे कार्याशालामा गरूडा र फतुवा बिजयपुर नगरपालिकाका शिक्षा संयाेजक, याेजना शाखा प्रमुख, सामुदायिक विद्यालयका शिक्षकहरूकाे सहभागिता रहेकाे छ ।
सम्बन्धित पालिकाहरूमा आपतकालीन शिक्षा याेजना बनाउने मुख्य उदेश्य रहेकाे साे कार्याशालामा रौतहट जिल्लाकाे गरूडा नगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत रामबाबु प्रसाद यदव, शिक्षा संयोजक, सह संयोजक, शिक्षा अधिकृत, प्राध्याना अध्यापक, शिक्षक, शिक्षिका, योजना प्रमुख र फतुव बिजयपुर नगरपालिकाको शिक्षा संयोजक, सह संयोजक, शिक्षा अधिकृत, प्राध्याना अध्यापक, शिक्षक, शिक्षिका, योजना प्रमुख लगायतकाे व्यक्तिहरूकाे विशेष उपस्थित रहेकाे थियाे । गाेष्ठीमा प्रशिक्षक सुशील पण्डित , सुशील कुमार यादव, कमल कुमर बिस्वकर्मा,इश्वर दत्त जाेशीले प्रशिक्षण रहनु भएकाे छ ।