Thursday, May 15, 2025

बालकोटको बार्दलीबाट ओली-दाहालको अभिवादन

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा दलहरुबीच सहमति जुटेको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, राप्रपा, नागरिक उन्मुक्ति पार्टीबीच सहमति जुटेको छ ।

सरकार गठनका लागि राष्ट्रपति कार्यालय जानुअघि एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालले बालकोटको बार्दलीबाट हात हल्लाउँदै समर्थकहरुलाई अभिभावदन गरेका छन् ।

लोकप्रिय