Sunday, October 13, 2024

नेपाल प्रहरीको नि:शुल्क स्वास्थ्य शिविरमा दुई सय चालिस जनाले उपचार पाए

ताजा / भरखरै प्राप्त

प्रेमचन्द्र झा
राैतहट, पुस १५ ।
“समुदाय-प्रहरीसाझेदारी”(Community-Police Partnership) कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय रौतहटको आयोजना नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएकोछ ।

प्रादेशिक अस्पताल गौरको सहकार्यमा शनिवार जिल्ला प्रहरी कार्यालय, रौतहट, गौरको प्राङ्गणमा शिविर सम्पन्न भएको हो । राैतहटका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीको प्रमुख अतिथ्यिातामा भएको सो शिविरमा दुई सय चालिस जनाले स्वास्थ्य उपचार पाएका हुन ।

सो अवसरमा जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख वीर वहादुर बुढा मगर सशस्त्र प्रहरी उपरीक्षक ध्रुव बहादुर कार्की , प्रादेशिक अस्पताल गाैरका मेडिकल सुपरिटेन्डेन्ट डा.कृष्णा साह , नेपाल पत्रकार महासंघका अध्यक्ष प्रेम चन्द्र झा, लगायतका विशेष उपस्थिति रहयाे ।

जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतमा कार्यरत रहेका प्रहरी कर्मचारी २२२ जना तथा यस प्रहरी कार्यालय, रौतहट गौरको हिरासत कक्षमा रहेका थुनुवाहरु १८ जना समेत गरी २४० जनालाई उक्त अस्पतालबाट खटि आएका चिकित्सक टोलीहरुद्वरा नि:शुल्क चेकजाँच तथा स्वास्थ्य परिक्षण गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles