Thursday, May 15, 2025

मुख्यमन्त्री यादवले पाए प्रदेशसभामा उपस्थितको शतप्रतिशत मत

मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न ५४ सांसद आवश्यक रहेकोमा बुधबार प्रदेशसभामा उपस्थित १०२ जना सांसदमध्ये उनको पक्षमा १०२ जना सांसदले मत दिएका हुन् । विपक्षमा कुनै पनि मत परेको थिएन । मधेस प्रदेशमा १०७ जना प्रदेश सांसद छन् । माओवादीका २ जना सांसदलाई अदालतले शपथ रोकेको छ ।

जसपाबाट मुख्यमन्त्री भएका यादवलाई प्रदेश सभाको ठूलो दल एमाले, दोस्रो ठूलो दल कांग्रेस, जनमत, लोसपा, नेकपा (एस), माओवादी केन्द्र, नेससपा, नागरिक उन्मुक्ति पार्टी र राप्रपाले समेत विश्वातको मत दिएका छन् । यादव जनता समाजवादी पार्टीबाट मुख्यमन्त्री बनेका हुन् ।

लोकप्रिय