Saturday, April 26, 2025

प्रशासनको काममा विचाैलिया राेक्दै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र

प्रेमचन्द्र झा
राैतहट, माघ २२। जिल्ला प्रशासनले कार्यालय आगाडीबाट विचाैलियालाई हटाउन लगाएका छन ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले सेवा प्रवाहमा विचाैलियाको चलखेल राेक्न कार्यालय आगाडीको भिडभाड हटाउन लगााएका हुन।जिल्ला प्रशासन कार्यालय आगाडीका परिचित मानिस मार्फत नागरिकता लगाएतका काममा चलखेल हुने गरेको गुनासो जनस्तरबाट आएपछि हटाईएको हो । जिल्ला प्रशासन कार्यालय राैतहट गाैर आगाडी बाटो छेकेर टेबुल कुर्सी लगाएर बोरा ओछयाएर बस्ने बिचाैलियालाई हटाएका हुन । जिल्ला प्रशासन कार्यालयको काममा विचाैलियाको चलखेल राेकिए पछि जनताको काम सहज, सरल र निस्वार्थ ढंगले सम्पादन हुने विश्वास गरिएकोछ।

लोकप्रिय