रौतहट, २३ माघ । जनता समाजवादी पार्टी नेपाल माधव नारायण नगरपालिका, रौतहटद्वारा नगर स्तरीय अगुवा नेताकार्यकर्ता भेला कार्यक्रम सम्पन्न गरिएको छ। जनता समाजवादी पार्टी नेपाल केन्द्रीय कार्यालयको सर्कुलर अनुसार जनता समाजवादी पार्टी नेपाल रौतहट जिल्ला समन्वय समिति बैठकको निर्णय १८ पालिकामा नगरस्तरीय अगुवा नेताकार्यकर्ता भेला गरिने गरेको थियो।
जस अनुसार जनता समाजवादी पार्टी नेपाल माधव नारायण नगरपालिका रौतहटको नगर स्तरीय अगुवा नेताकार्यकर्ता भेला माधव नारायण नगरपालिका वर्डा नम्बर ७ लौकाहा स्थित रहेको सामुदायिक भवनमा सोमबार कार्यक्रम सम्पन्न भएको थियो। नगर तदर्थ समिति माधव नारायण नगरपालिका जसपा नेपाल, रौतहटको अध्यक्ष बिरेन्द्र प्रसाद यादवको अध्यक्षता ३१ सदस्यीय समिति चयन गरिएको छ।
नव नगर तदर्थ समिति अध्यक्ष बिरेन्द्र प्रसाद यादव माधव नारायण नगरपालिकाको पूर्व मेयर समेत रहेका थिए। नव नगर तदर्थ समिति माधव नारायण नगरपालिका जसपा नेपाल, रौतहटको नामावली क्रमश: यसप्रकार छन् :-
अध्यक्ष बिरेन्द्र प्रसाद यादव, उपाध्यक्ष (रामबहादुर राय यादव ,निर्मला देवी), सचिव पारस भण्डारी, उप सचिव (मनोज कुमार यादव,सुनिल सहनी), कोषाध्यक्ष बुचिबाबु साह, सदस्य नारायण हरी यादव, मनोज पासवान, सखिचन सहनी, जुगुल राय यादव, जोगेन्द्र पासवान, विनोद राय यादव भिनक सहनी, उमाशंकर सहनी, केदार साह कानु, नेपाली सहनी, दिपलाल सहनी, खेतानु खातून, मंजु सहनी, उपेन्द्र राय यादव, शंकर ठाकुर, मिश्रीलाल राय यादव, चइट महतो, राजेन्द्र राय बुबुनन्दन राय, खुसीलाल राय यादव, रुपनारायन राय यादव, सतेन्द्र राय यादव लगायतका समिति चयन सर्वसहमीबाट गरिएको छ।
३१ सदस्यीय मध्ये २ जना सदस्यको नामावली नगर तदर्थ समितिको पहिलो बैठकमा थप गरिने जसपा नेपाल रौतहट जिल्ला समन्वय समिति अध्यक्ष श्यामविहारी राय यादवले बताएका छन् । नगर स्तरीय अगुवा नेताकार्यकर्ता भेला कार्यक्रम जनत समाजवादी पार्टी नेपाल रौतहट जिल्ला समन्वय समिति अध्यक्ष श्याम विहारी राय यादवको अध्यक्षता भएको थियो भने जसपा नेपाल राजनीति समिति सदस्य विश्वनाथ पटेल,केन्द्रीय सदस्य पूर्व मन्त्री योगेन्द्र राय यादव, माधव नारायण नगरपालिकाको उपमेयर निर्मला देवी, माधव नारायण नगरपालिका वर्डा नम्बर ७ वर्डा अध्यक्ष एवं जसपा नेता दिलिप यादव लगायतका नेताकार्यकर्ताहरुको सहभागिता रहेको थियो।
यही माघ १४ गते देखि नगर स्तरीय अगुवा नेताकार्यकर्ता भेला कार्यक्रम सुरुवात गरिएको थियो भने देवाही गोनाही नगरपालिका जसपा नेपाल नगर तदर्थ समिति गठन भइसकेको छ।