Saturday, July 13, 2024

राष्ट्रिय तत्मा समाज नेपालको सचिवालय बैठक भव्य रूपमा सम्पन्न

ताजा / भरखरै प्राप्त

प्रदीप कुमार दास
रौतहट फाल्गुन ९ । धनुषा जिल्लाको जनकपुरधाममा अवस्थित केन्द्रीय कार्यसमितिको कार्यालय दास कुट्टीको सभाहलमा राष्ट्रिय तत्मा समाज नेपालको सचिवालय बैठक भव्य रूपमा सम्पन्न भएको छ । राष्ट्रिय तत्मा समाज नेपालको माघ २९ गतेको निर्णय अनुसार केन्द्रीय कार्यसमितिको बैठक फाल्गुन ०७ गते आईतबारका दिन केन्द्रीय अध्यक्ष राम आशिष दास तत्माको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त केन्द्रीय कार्यसमितिको बैठकमा नेपाल भरीको राष्ट्रिय तत्मा समाज नेपालको पदाधिकारीहरुको उपस्थितिमा विशेष कार्य योजना निर्धारण र छलफल कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागी पदाधिकारीहरुको भनाई अनुसार तत्मा समुदायबाट संघीय,प्रदेश र स्थानीय तहमा निर्वाचित भई तत्मा समुदायको मान- मर्यादा बढाएको र गर्भन्वित महसुस भएको हुँदा ,निर्वाचित तत्मा समुदायका सांसद,प्रदेश सांसद,मेयर,उपमेयर र वडाध्यक्षहरुलाई होली मिलन कार्यक्रम आयोजना गरी शुभकामना आदान-प्रदान गर्दै सम्मान गर्ने केन्द्रीय कार्यसमितिको बैठकमा निर्णय पारित गरिएको र ३ वटा प्रस्ताव माथि छलफल गरी पारित गरिएको केन्द्रीय महासचिव शंकर दास तत्माले जनाएका हुन् । उनका अनुसार तत्मा समुदायबाट निर्वचित हुनुभएका सांसद , प्रदेश सांसद, मेयर, उपमेयर र वडाध्यक्ष लगायत बरिष्ठ व्यक्तित्वहरुको सम्मान कार्यक्रम फाल्गुन २० गते शनिबार गर्ने निश्चित भएको पनि बताउनु भयो । त्यस्तै , कार्यक्रममा राष्ट्रिय तत्मा समाज नेपालको केन्द्रीय अध्यक्ष राम आशिष दास तत्मा , बरिष्ठ उपाध्यक्ष झगरू दास तत्मा,महासचिव शंकर दास तत्मा,उपाध्यक्ष सिकिन्दर दास तत्मा , प्रवक्ता रामप्रित दास तत्मा लगायत सदस्यहरू धनेश्वर दास तत्मा,रामाधार दास तत्मा, पञ्च लाल दास तत्मा ,प्रदीप कुमार दास,जगदीश दास तत्मा,गंगा प्रसाद दास , ब्रह्मदेव दास तत्मा, रघुनाथ दास ,राजदेव दास तत्मा लगायत विभिन्न पदाधिकारीहरुको उपस्थिति रहेको बरिष्ठ उपाध्यक्ष झगरू दास तत्माले जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles