९ किलो चरेससहित तीन जना पक्राउ

0
260

सशस्त्र प्रहरीले कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१४ ‘एच’गाउँ स्याउले घाटस्थित सीमा ईलाकाबाट ९ किलोग्राम चरेससहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल नेपाल बीओपी फुलवारीले रोल्पा जिल्लाको थवाङ्ग गाँउपालिका–५ बस्ने ४४ वर्षीय कुमार पुन, दाङ जिल्लाको लालमटिया गाँउपालिका–१ बस्ने ३९ वर्षीया पुनम पुन र ४१ वर्षीया दिलमाया पुनलाई नियन्त्रणमा लिएको हो।

नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरीले शंका लागि जाँग गर्दा उनीहरुको साथमा उल्लेखित चरेस फेला परेपछि नियन्त्रणमा लिइएको सशस्त्रले जनाएको छ।

नियन्त्रणमा लिइएकाहरुलाई बरामद चरेससहित आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय धनगढीमा बुझाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here