कांग्रेसले राष्ट्रपति र जसपाले उपराष्ट्रपति लिने सहमति भएको छ : उपेन्द्र यादव

0
225

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति निर्वाचनलाई लिएर समीकरणमा आएको परिवर्तनले सरकारको समीकरणमा समेत असर गर्ने बताएका छन्।
 

शनिबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष यादवले अहिले परिवर्तन भएको समीकरणले सरकार पनि फेरबदल हुन सक्ने बताए  

उनले अब आफ्नो पार्टी पनि सरकारमा सहभागी हुन तयार रहेको र नयाँ समीकरणअनुसार सरकार अगाडि बढ्ने स्पष्ट गरे।

राष्ट्रपति कांग्रेसलाई र उपराष्ट्रपति जसपाले दिनेगरी सहमति भएको उनको दावी छ।

अध्यक्ष यादवले अब हुने सत्ता समीकरणले प्रदेशले थप अधिकार पाउने जिकिर गरे।

‘प्रदेशहरू अझ बलियो हुन्छ। प्रदेशलाई बलियो बनाउने, प्रदेश सरकारलाई स्रोत/साधन र अधिकार सम्पन्न बनाइन्छ’, उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here