नेपाललाई पाँचौँ विकेट, लगातार ओभरमा सन्दीप र आरिफले दिलाए सफलता

0
527

दुबईमा जारी आईसीसी विश्वकप लिग २ क्रिकेट अन्तरगत यूएईविरुद्ध नेपालले पाँचौं विकेट हात पारेको छ। नेपाललाई सन्दीपले चौथो र आरिफले पाँचौं विकेट दिलाएका हुन्। 

३६ औं ओभरको तेस्रो बलमा सन्दीपले ७२ रन बनाएका आसिफ खानलाई क्याचआउट गराएका हुन्। जारी खेलमा सन्दीको यो दोस्रो विकेट हो। 

यस्तै आरिफले ३७ औं ओभरमा विकेट दिलाएका हुन्। आरिफले २ रन बनाएका अलिसन सराफुलाई आउट गरेका हुन्। 

यसअघि नेपालका लागि करण र कुसल मल्लले एक एक विकेट लिएका थिए। ३७ औं ओभरको खेल सकिँदा युएईले ५ विकेटको क्षतीमा १४२ रन बनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here