Saturday, April 19, 2025

रविसँग भोट माग्न रास्वपा कार्यालय पुगे सुवास नेम्वाङ

नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङ भोट माग्दै राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय पुगेका छ्न। 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेपछि नेम्वाङसहित एमालेको टोली वसुन्धरा पुगेको हो। 

उक्त टोलीमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव योगेश भट्टराईसहित रहेका छन्। 

रास्वपा पुस १० मा बनेको एमाले नेतृत्वको गठबन्धनको घटक हो। उसलाई अहिले बनेको आठ दलीय गठबन्धनमा ल्याउने कोसिस भइरहेको छ।

रास्वपाले राष्ट्पतिमा कसलाई सघाउने निर्णय लिइसकेको छैन। उसले सांसदहरुलाई ह्विप नलगाउने जनाएको छ। 

लोकप्रिय