Monday, October 7, 2024

एलिशा साह बनिन् आइबिए बिधालयकि उत्कृष्ट डान्सर

ताजा / भरखरै प्राप्त

रौतहट,२० फाल्गुन । रौतहटको गौर नगरपालिका स्थित आइबिए बिधालयले होलिको अवसरमा विभिन्न संस्कृतिक कार्यक्रम र १० वर्ष मुनिका वालबालिकाहरुको नृत्य प्रतियोगिता कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहको प्रमुख आतिथ्य तथा आइबिए बिधालयका प्रधानाध्यापक सन्तोष पौडेलको अध्यक्षतामा सांसकृतिक तथा वालबालिकाहरुको नृत्य प्रतियोगिता कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख साहले भने आइबिए बिधालयले गरेको उत्कृष्ट प्रदर्शनले नै यो बिधालय शिक्षाको सगरमाथा चुचो छुन सफल भएको तथा बाहिरी गतिविधि लगायत शैक्षिक गतिविधिमा विशेष जोड दिन बिधालयका प्रधानाध्यापक पौडेललाई अनुरोध गरे ।

सोही कार्यक्रमलाई विशिस्ट अतिथिको रूपमा सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ रौतहट शाखा अध्यक्ष प्रेमचन्द्र झाले भने बिधालय उन्नति प्रगतिको कामना सहित अध्ययनरत विद्यार्थीहरुलाई शिक्षामा मेहनत गर्न सुझाव दिए ।
उक्त बाल नृत्य प्रतियोगितामा २० जना बालवलिकाहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा आइबिए बिधालयमा अध्ययनरत विद्यार्थीहरुले विज्ञानको प्रदर्शन गरेका थिए । उक्त प्रतियोगितामा नृत्य सिकाउने २० जना गुरुलाई सम्मान पत्र र मेडेल सहिद सम्मान गरिएको थियो ।
सो कार्यक्रममा बिधालयमा अध्ययनरत ५ विद्यार्थीहरुलाई अनुशासित बिद्यार्थीको रूपमा पपु यादव, वर्षको उत्कृष्ट खेलाडीको रुपमा रामलाल र कन्चन साह, समाजिक क्षेत्रमा इशा क्षेत्रीलाई सम्मान गरिएको थियोे ।

साथै प्रतियोगिता कार्यक्रममा प्रथम, दोस्रो र तेस्रो क्रमश एलिशा साह, मेगा कुशवाहा र हिमानी यादवलाई नगर प्रमुख साहले प्रमाणपत्र मेडल कप प्रदान गरेका थिए । उक्त कार्यक्रममा एईइ पहिलो बयचमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीका अभिभावक उमाकान्त रजक र गुलाब आलमलाइ दोसल्ला ओढ्इ सम्मान गरिएको थियो । बिधालयमा कार्यरत शिक्षक सन्तोष रिजाल, जिकरुल अन्शारि र कार्यालय सहयोगी गिता राउत, रमा राउत गायत्री बैठा लाइ दोसल्ला ओढ्इ सम्मान गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles