Saturday, April 19, 2025

नेपालमा अझै हुन्छ १० वर्ष नपुग्दै बिहे, ८ हजार ५ सयले गरेको तथ्यांक

चैत १० , काठमाडौँ । नेपालमा २० बर्षमा बिवाह गर्नुपर्ने कानुन बने पनि अझै नाबालिगकै विवाह गरिदिने सामाजिक संरचनामा सुधार भएको छैन।

शुक्रबार तथ्यांक विभागले सार्वजनिक गरेको जनगणना २०७८ को प्रतिवेदनले नेपालमा १० बर्ष भन्दा कम उमेरमै विवाह गर्नेको संख्या ८ हजार माथि रहेको देखाएको हो। 

तथ्यांकमा ८ हजार ५ सय ७५ जनाले १० बर्ष नपुग्दै विवाह गरेको देखिएको छ। 

यस्तै १८ देखि २० बर्षको उमेरमा विहेबारी गर्नेको संख्या सबैभन्दा उच्च छ।  

यो उमेरमा २३ लाख १८ हजार ६ जनाले बिहे गर्दा २० देखि २४ बर्षमा १९ लाख ८४ हजार ६ सय ५० जनाले बिहे गरेका छन्। २५ देखि २९ वर्षभित्रमा भने ५ लाख २२ हजार जनाले बिहेबारी गरेका छन्।

सभार-नेपालखबरबाट

लोकप्रिय