Monday, March 4, 2024

मिटरब्याजी पीडितका समस्या समाधान गर्न सरकार तयार

ताजा / भरखरै प्राप्त

प्रसूति गृहबाट शिशु चोरी : रिहा भए मनकुमारीका श्रीमान् र दिदी

 १३ फागुन  । गत शुक्रबार (फागुन ११ गते) बिहान थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डबाट २६ दिनकी नाबालिका चोरिएको प्रकरणमा पक्राउ...

रौतहटमा लागु औषध गाँजा सहित एक जना पक्राउ

जितेन्द्र कुमार दास रौतहट, १३ फाल्गनु । रौतहट प्रहरीले लागु औषध गाँजा सहित एक जनालाई शनिबार दिउसो २ बजेको...

एक हजार दरको नक्कली नोटसहित दुई किशोर पक्राउ

काठमाडौँ । नक्कली जस्तो देखिने १ हजार दरको ६ थान नोटसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा...

रौतहटमा जग्गाको बिषयमा कुटपिट हुँदा एक जनाको ज्यान मृत्यु

रौतहट, १३ फागुन ।  रौतहटमा जग्गाको बिषयमा दुई जनाबिच हात हालाहाल (कुटपिट) हुँदा एक जनाको मृत्यु भएको छ । रौतहटको दुर्गा भगवती...

आगामी वैशाख १५ मा दुई क्षेत्रमा उपनिर्वाचन

काठमाडौं, फागुन १३ । निर्वाचन आयोगले पूर्वसभामुख सुवास नेम्वाङको निधनपछि रिक्त भएको इलाम–२ मा आगामी वैशाख १५ गते उपनिर्वाचन गराउने भएको छ...

चैत १० , काठमाडौँ । मिटरब्याजीविरुद्ध आन्दोलनरत किसानका समस्या समाधान गर्न सरकारले पहल थालेको छ। 

महोत्तरीको बर्दिवासदेखि काठमाडौँसम्मको यात्रामा निस्किएका मिटरब्याजी पीडित किसानका समस्या समाधान गर्न तथा घर फर्किन गृहसचिवमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए। 

सोही निर्देशनबमोजिम मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले किसानसँग छलफल गरी सरकार कानुन बनाउने काममा लागेको र मिटरब्याजीविरुद्ध सरकारले मुद्दासमेत चलाइरहेको उल्लेख गरे। 

घर फर्किन आवश्यक सहयोग गर्नेसमेत उनले प्रतिबद्धता व्यक्त गरेका छन्। प्रजिअ पाण्डेसँगको छलफलमा पीडित किसानले आफूहरु एउटा अभियानमा भएको र कानुन नबन्दासम्म नफर्कने बताए। किसानले सो अवसरमा काठमाडौँसम्मको यात्राका लागि आफूहरुलाई चिसो हुने र कम्बलको व्यवस्था गर्न तथा सवारी साधनको प्रबन्ध मिलाउन आग्रह गरेका थिए। प्रजिअ पाण्डेले किसानलाई कम्बलको व्यवस्था गरेका छन्। 

पीडित किसानको समस्या समाधान गर्न गृह मन्त्रालयले कानुन बनाउन मस्यौदा बनाएर कानुन मन्त्रालयमा पठाइसकेको प्रधानमन्त्री दाहालका प्रेस संयोजक शर्माले बताए। सरकारले तीन सय ५० मिटरब्याजीलाई कारबाही गरिसकेको छ।

‘आज मात्रै प्रधानमन्त्रीले कानुन सचिवलाई कानुनलाई प्रस्तावको रुपमा आज अपराह्न बस्ने मन्त्रिपरिषद्‌मा ल्याउन र संसद्‌मा दर्ता गर्न भनिसक्नुभएको छ। चाँडै नै त्यो कानुन संसद्‌मा दर्ता हुन्छ। प्रधानमन्त्री मिटरब्याजी पीडित किसानको समस्या समाधान गर्न गम्भीर हुनुहुन्छ’,  प्रेस संयोजक शर्माले भने। रासस

सभार- नेपालखबरबाट

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

मेरो क्षेत्रबासिले मलाई फेरि अपार बहुमतले जिताउछन् -पुर्व मन्त्री प्रभु साह

त्यतिमात्र नभै पुरै क्षेत्रभरी निसुल्क ग्यांस सिलिन्डर चुल्हो बितरण,प्रत्येक बिधालयमा छात्रालाई निशुल्क साईकल बितरण,जेहेन्दार छात्रालाई निसुल्क ल्यापटप समेत बितरण गरेको बताए ।...

धनुषा क्षेत्र नम्बर ३ मा एमाले नेतृ जुलीकुमारी महतोद्वारा उम्मेदवारी घोषणा

नेकपा एमालेकी पोलिटब्युरो सदस्य जुलीकुमारी महतोले धनुषाको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेकी छन् । अगामी मंसिर...

Related Articles

प्रसूति गृहबाट शिशु चोरी : रिहा भए मनकुमारीका श्रीमान् र दिदी

 १३ फागुन  । गत शुक्रबार (फागुन ११ गते) बिहान थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डबाट २६ दिनकी नाबालिका चोरिएको प्रकरणमा पक्राउ...

रौतहटमा लागु औषध गाँजा सहित एक जना पक्राउ

जितेन्द्र कुमार दास रौतहट, १३ फाल्गनु । रौतहट प्रहरीले लागु औषध गाँजा सहित एक जनालाई शनिबार दिउसो २ बजेको...

एक हजार दरको नक्कली नोटसहित दुई किशोर पक्राउ

काठमाडौँ । नक्कली जस्तो देखिने १ हजार दरको ६ थान नोटसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा...