नेपालमा कुल परिवारमध्ये ५१ प्रतिशत परिवार अझै खाना पकाउनका लागि दाउराकै भर पर्दै आएका छन्।
शुक्रबार सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनमा ३३ लाख ९८ हजार ३ सय १६ परिवार दाउरामा खाना पकाउने गरेको उल्लेख छ।
यसबाहेक एलपी ग्याँसमा २९ लाख ४९ हजार परिवार आश्रित हुँदा १९ लाख १५ हजार परिवार गुइँठा र गोरहामा आश्रित देखिएका छन्।
सबैभन्दा थोरै बिजुली र मट्टितेलमा देखिएका छन्। यसमा क्रमश ३२ हजार र ३ हजार परिवार आश्रित रहेको तथ्यांक छ।