Thursday, October 24, 2024

मधेश प्रदेशको जिम्मेवारी लिनुअघि योगेशले गरे जानकी मन्दिरमा पूजा

ताजा / भरखरै प्राप्त

नेकपा (एमाले) का सचिव एवम् मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईले मधेश प्रदेशको जिम्मेवारी लिएका छन्।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘नेकपा (एमाले) मधेश प्रदेशको जिम्मेवारी ग्रहण, जानकी मन्दिर दर्शन।’

उनले सामाजिक सञ्जालमा राखेको भिडिओमा जानकी मन्दिरमा पूजा गरेको देख्न सकिन्छ। जेठ १९ गते बसेको एमाले सचिवालय बैठकले नेताहरुको जिम्मेवारीमा ब्यापक हेरफेर गरेको थियो।

सातै प्रदेशका इन्चार्ज परिवर्तन गरी केन्द्रीय सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिइएकोमा उनलाई मधेश प्रदेशमा पठाइएको हो।

यस्तै, कोशी प्रदेशमा सचिव रघुवीर महासेठ, गण्डकीमा गोकर्ण विष्ट, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा लेखराज भट्ट र सुदूरपश्चिममा छविलाल विश्वकर्मा इन्चार्ज भएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles