ईशनाथ नगरपालिकाको ७ औं नगर सभाको बजेट अधिवेशन सम्पन्न

0
416

रौतहट, ७ असार । रौतहटको १८ स्थानीय तह मध्ये इशनाथ नगरपालिकाको ७ औं नगर सभाको बजेट अधिवेशन सम्पन्न भएको हो ।

कार्यक्रमको अध्यक्षता गर्दै इशनाथ नगरपालिकाका नगर प्रमुख कौशल्या देवीले ५० करोड ६९ हजार मध्ये अगामि आर्थिक वर्ष २०८०/०८१ का लागि चालु खर्च तर्फ ३० करोड ८८ लाख ४७ हजार, पुंजिगत खर्च तर्फ १९ करोड १२ लाख २२ हजार र वडाको पुंजिगत तर्फ ५० लाख तथा चालु तर्फ ५ लाख विनियोजन गरिएको अधिवेशनमा बजेट प्रस्तुत गरेकि छिन् ।

सो कार्यक्रममा प्रमुख अतिथि बन तथा वातावरण मन्त्री, मधेस प्रदेशका प्रदेश सभा सदस्य शोभा देवी साह,नगर उपप्रमुख मो. प्रवेज, प्रमुख प्रशासकीय अधिकृत भुदेव झा, नगर सभा सदस्यहरु, कर्मचारीहरु, नागरिक समाज लगायत संचारकर्मिहरुको सहभागीता रहेको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here