टक्सार महाशाखामै राखिन्छ बरामद भएको सुन, थप परीक्षणका लागि पत्र पर्खंदै राष्ट्र बैंक

0
225

साउन ४ । बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट बरामद भएको ठूलो परिणामको सुन केही सयमका लागि टक्सार महाशाखामै राखिने भएको छ।

बबरमहलस्थित राष्ट्र बैंक अन्तर्गतको टक्सार महाशाखामै केही समय सुन राखिने महाशाखा प्रमुख थानेश्वर आचार्यले नेपालखबरलाई जानकारी दिए। 

उनका अनुसार सुनको थप परीक्षण गर्ने विषय अहिले अघि बढेको छैन। ‘त्यसको लागि राजश्व अनुसन्धान विभागको पत्र चाहिन्छ’, उनले भने।

पत्र आएपछि सुनको गुणस्तर र यकिन परिमाण थाहा हुने उनले जानकारी गराए।

बिहीबार दिउँसो उक्त सुन जोख्दा बट्टा (ब्रेक शु)सहित १५५ केजी सुन भएको राजश्व अनुसन्धान विभागका एक अधिकारीले नेपालखबरलाई जानकारी दिएका छन्।

बरामद भएको सुन नाँपजाँच गर्नका लागि टक्सार महाशाखा ल्याइएको थियो।

बुधबार विमानस्थल भन्सार जाँचपास भएर ट्याक्सीमा लाँदै गरेको अवस्थामा बरामद गरिसकेपछि राजश्व अनुसन्धान विभागले गुणस्तर जाँच र तौलका लागि बालुवाटारस्थित नेपाल राष्ट्र बैंकबाट पठाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here