फेरियो माओवादी पदाधिकारीको जिम्मेवारी, मधेश प्रदेशमा गणेश शाह

0
302

काठमाडौ २१ साउन । सत्तारुढ नेकपा माओवादी केन्द्रले पदाधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ।

आइतबार बिहान बसेको पदाधिकारी बैठकबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरुको जिम्मेवारी हेरफेर गरेका हुन्। 

पार्टी पदाधिकारी बैठकमा गरिएको उक्त प्रस्तावलाई जारी केन्द्रीय समिति बैठकबाट अनुमोदन गरिँदै छ।

नयाँ जिम्मेवारी अनुसार उपमहासचिव वर्षमान पुनलाई विशेष प्रदेशको जिम्मा दिइएको छ। 

बागमती प्रदेश इन्चार्जमा उपमहासचिव जनार्दन शर्मा आएका छन्। 

सचिव देवेन्द्र पौडेल मधेश प्रदेशको इन्चार्ज भएका छन्।

सुदूरपश्चिममा डिलाराम आचार्य, लुम्बिनीमा मातृका यादव, कोशीमा लीलामणि पोखरेल र कर्णाली प्रदेशमा चन्द्रप्रकाश खनालले जिम्मेवारी पाएका छन्। 

माओवादीले यसअघि कोशी प्रदेशमा राम कार्की ‘पार्थ’, मधेश प्रदेशमा गणेश शाह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्टलाई इन्चार्ज तोकेको थियो। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here