रौतहट, ११ कार्तिक । नेपाल र भारतको सिमामा हुने विभिन्न समस्याहरुलाइ बुझ्न र सोको समाधान गर्न सशस्त्र प्रहरी बल नेपाल गण नं. ११ ले सिमावासी संग सशस्त्र प्रहरी बल अन्तरक्रिया कार्यक्रम सम्मान गरेको छ ।
कार्यक्रममा सिमावासी सगको विभिन्न समस्याहरुलाइ बुझ्ने प्रयास गदै ति समस्याको समाधानको लागि सदैब ससस्त्र प्रहरी तयार रहिरहने कुरा रौतहट सशस्त्र प्रहरी प्रमुख माधव रेग्मीले बताएका छन् ।
सिमा भएको समस्यालाई स्थानीय निकाएलेनै समाधान गर्नु पर्ने हुन्छ र सिमाका रक्षक स्वयं स्थानीय नै हुन्छन भन्दै प्रमुख रेग्मीले सिमा नजिक बस्ने आम जनतालाइ पर्ने सुखदुःख आफु संगै रहने र आम सिमाका रक्षक लाइ धन्यवाद दिदै सहयोगको अपेक्षा राखे ।
सो कार्यक्रम बैधिमाइ नगरपालिकाका नगर प्रमुख प्रदीप यादवले भने सशस्त्र प्रहरी र सिमामा रहेको जनता बिच आपसी सम्बन्ध राम्रो भए पनि केहि अपराधी समुहले सोको फाइदा लिन सक्ने बारे सजग रहन आग्रह समेत गरे ।
कार्यक्रम परोहा नगरपालिकाका नगर प्रमुख शेख वकिल, नेपाल प्रहरी रौतहटका प्रहरी प्रमुख महेन्द्र बहादुर श्रेष्ठ , अनुसारका रौतहट प्रमुख चन्दन झा, सशस्त्रका डिस्पि अमरलामा लगायत विभिन्न स्थानीय तहका वडा अध्यक्ष वडा सदस्य लगायतका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियोे ।