Saturday, April 19, 2025

सशस्त्र प्रहरी बल सीमा स्तम्भहरु मर्मत सम्भार र रङरोगन गर्दै

मधेस प्रदेशका आठवटै जिल्लामा पर्ने नेपाल–भारत सीमाना रहेका सीमा स्तम्भहरु सशस्त्र प्रहरी बलले मर्मत सम्भार र रङरोगन गर्न सुरु गरेको छ ।

नेपाल–भारत बाउण्ड्री वर्किंग ग्रुपको पाँचौँ बैठकमा २०७४ पश्चात मर्मत तथा निर्माण भएका सीमा स्तम्भमध्ये बिजोर नम्बरको सीमा स्तम्भहरु सीमा सुरक्षाको जिम्मेवारी सम्हालेको सशस्त्र प्रहरी बलले मर्मत तथा रङरोगन गर्न थालेको हो ।

GCI COLLEGE

सो कार्य धनुषाको सीमावर्ती नगरपालिका नगराईन नगरपालिकाको वडा नं. २, जटही नाका छेउको सीमा स्तम्भ नं. २८५÷४ बाट सुरु गरिएको छ । मधेसमा करिब चार हजारभन्दा बढी सीमा स्तम्भ रहे पनि आवश्यकता अनुसार अहिलेलाई पहिलो चरणमा एक हजारभन्दा बढी सीमा स्तम्भ मर्मत सम्भार र रङरोगनको काम सुरु भएको सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालयका प्रमुख डीआईजी दीपेन्द्र्र शाहले बताए ।

दुरुस्त अवस्थाको सीमा स्तम्भले सशस्त्र प्रहरी बल नेपाललाई थप प्रभावकारी रुपमा सीमाको सुरक्षा गर्न सहज हुने भएकाले यो कार्यको थालनी गरिएको डीआईजी शाहको भनाइ छ । यसले सीमाको सुरक्षामात्र नभएर सीमा अपराध नियन्त्रण गर्न पनि मद्दत पुग्ने उनको भनाइ छ ।

Shivam Cement

धनुषामा मात्र करिव १ सय ५० भन्दा बढी सीमा स्तम्भ मर्मत र रङरोगन हुने सशस्त्र प्रहरी बल धनुषाका प्रहरी उपरीक्षक दिनेश मल्लले बताए ।

लोकप्रिय