शुक्रबार राति गएको भूकम्पबाट सातवटा जिल्लाका ३ हजार ७७० घरमा क्षति भएको छ।
गृह मन्त्रालयका अनुसार ती मध्ये २ हजार ८३८ घरमा आंशिक क्षति भएको छ भने ९३२ घर पूर्ण क्षति भएका छन्।

सबैभन्दा बढी जाजरकोटमा २ हजार ६८५ घरमा आंशिक क्षति पुगेको छ भने ९०५ घर पूर्णरुपमा ध्वस्त भएका छन्।
यस्तै, रुकुम पूर्वमा १९ घरमा आंशिक क्षति पुगेको छ।
सल्यानमा ९७ वटा घरमा आंशिक र २५ घरमा पूर्ण क्षति पुगेको छ।

यसैगरी, नवलपरासी पूर्वमा एउटा घरमा क्षति पुगेको छ भने दैलेखमा एउटा घरमा पूर्ण र एउटा आंशिक क्षति भएको छ।
यसैगरी, बैतडीमा एउटा घर भत्किएको छ।
मन्त्रालयका अनुसार प्युठानमा २९ वटा घरमा आंशिक क्षति पुगेको छ।
भूकम्पका कारण ११ वटा जिल्ला प्रभावित भएका गृह मन्त्रालय अन्तरगतको विपत पूर्वतयारी तथा प्रतिकार्य शाखाको तथ्यांकमा उल्लेख छ।
हालसमम १५७ जनाको मृत्यु भएको छ भने २५६ जना घाइते भएका छन्।
मृतक सबैभन्दा धेरैजाजरकोटका १०५ जना रहेका छन्। त्यहाँ ११२ जना घाइेत भएका छन्।
त्यसपछि रुकुम पश्चिचमा ५२ जनाको मृत्यु भएको छ भने १३२ जना घाइते छन्।
यता, सल्यानमा २, रोल्पामा १, दैलेखमा ३ र जुम्लामा ३ जना घाइते भएका छन्।