Saturday, July 13, 2024

जसपाले टुंग्यायो उम्मेदवार, रौतहटकी पूजा चौधरीले पाइन् टिकट

ताजा / भरखरै प्राप्त

२२ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले पूजा चौधरीलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने भएको छ ।

राष्ट्रियसभाको १९ सिटमा सत्ता गठबन्धनमा भएको भागबण्डामा जसपाले मधेशको एक सिट पाएको थियो । आइतबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले रौतहटकी पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

चौधरी २०७९ मा भएको प्रदेशसभा निर्वाचनमा रौतहट ३ (क) मा पराजित भएकी थिइन् । उनी जसपा कार्यकारिणी समिति सदस्य गोविन्द चौधरीकी छोरी समेत हुन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles