Saturday, April 26, 2025

बलिदानी दिवसको सम्झनामा प्रकाशभाइ मधेशियाले गरे सहिद परिवारलाई खाद्यान्न तथा ब्लांकेट सहयोग

रौतहट ,६ माघ। प्रकाश भाइ मधेशियाले बलिदानी दिवसको सम्झनामा वीर गति प्राप्त गरेका प्रती सम्मान स्वरुप रौतहटको सहिद परिवारलाई सर समान सहयोग गरेका हुन् ।
मधेस र मधेसीको हक अधिकारीको लागि देशमा विभिन्न आन्दोलनमा विरगती (सहादत )प्राप्त गरेको प्रती हरेक वर्ष माघ ५ गतेका दिन बलिदानी दिवस मनाउदै आइरहेको छ।

१७ औं बलिदानी दिवसको सम्झनामा रौतहटको फतुहा विजयपुर नगरपालिका वर्डा नम्बर ७ टेंग्राहा टोल निवासी हाल अमेरिका बस्ने समाजसेवी युवा प्रकाश भाइ मधेशियाले सहादत प्राप्त गरेका घर परिवारलाई आफ्नो व्यक्तिगत लगानीबाट सम्मान स्वरुप खाद्यान्न तथा शितलहर छल्न ब्लेनकेट समाग्रीहरु सहयोग गरेका छन् ।
ईशनाथ नगरपालिका वर्डा ४ महुलिया टोलका राजकिशोर ठाकुर ले रौतहटमा मधेस आन्दोलनको क्रममा गोली खाई सहादत प्राप्त गरेका थिए।
मधेस आन्दोलनको अग्रनी मोर्चामा रहेको क्रान्तिकारी निडर युवा प्रकाश भाइ मधेशियाले मधेस आन्दोलनको समयमा मधेस प्रदेशको रौतहट जिल्लाको इशनाथ नगरपालिका -४ महुलिया निवासी महिन्द्र ठाकुरको छोरा राजकिशोर ठाकुर र राजपुर नगरपालिकाको बलुवा निवासी शेख मैनुदिन मृत्युवरण गरेका ‘सहिद’ का परिवारलाई अमेरिकाबाट खाद्यान्न तथा ब्लांकेट समाग्री सहयोग गरेका छन् ।

महुलिया निवास राजकिशोर ठाकुर र बलुवा निवासी शेख मैनुदिनको घरमा पुगेर रौतहट निवासी हाल अमेरिका बस्ने प्रकाश भाइ मधेशियाको टोलि राजु पटेल लगायत पत्रकार हरुको सहयोग कार्यक्रम मा , दुई दुई बोरा चामल, दाल ५ के.जि, आलु -१० कि.लो , खाने तेल ५ लिटर, एउटा ब्लायकेट आदि सहिद परिवारलाई हस्तान्तरण गरेको हो ।

बलिदानी दिवसको अवसरमा मधेस आन्दोलनमा सहातद प्राप्त भएको घर परिवारलाई समान् स्वरूप सामग्रीहरु आज प्रकाश भाइ मधेशीया हाल अमेरिकाबाट प्रत्येक वर्ष बलिदानी दिवसको सम्झनामा यस वर्षमा पनि सर समान सहयोग गरेको राजु पटेलले बताए।

लोकप्रिय