सर्लाहीमा बन्यो नयाँ कारागार भवन, गृहमन्त्रीले गरे उद्घाटन

0
160

माघ ७, २०८०, उप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्लाही जिल्ला कारागारको नवनिर्मित भवनको उद्घाटन गरेका छन्। 

आइतबार मलंगवामा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका गृहमन्त्री श्रेष्ठले कारागार भवनको उद्घाटन गरेका हुन्।

कारागार भवन उद्घाटन समारोहमा खानेपानीमन्त्री महेन्द्र राय यादव, सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, विभिन्न तहका सुरक्षा अधिकारीहरुको उपस्थिति थियो। 

०६२/०६३ को आन्दोलनताका माओवादीले सर्लाही कारागारमा आक्रमण गर्दा भवनमा क्षति पुगेको थियो। त्यसयता सर्लाही कारागारमा कैदीबन्दी राख्न छाडिएको थियो। 

नयाँ भवन बनेकाले अब सर्लाहीका कैदीबन्दीलाई अन्यत्र लैजानुपर्ने बाध्यता घट्ने अपेक्षा गरिएको छ। 

अहिले सर्लाहीका कैदीबन्दीलाई महोत्तरी, रौतहट, सिन्धुली, सुनसरी लगायतका कारागारमा लगेर राख्नुपर्ने बाध्यता छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here