स्कुटर चालकलाई हेल्मेट लगाइदिएर गृहमन्त्रीले उद्घाटन गरे ट्राफिक सप्ताह

0
192

फागुन १० । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालगन्जमा आयोजित एक कार्यक्रममा ट्राफिक सप्ताहको उद्घाटन गरेका छन्।

एकजना स्कुटर चालकलाई हेल्मेट लगाइदिएर तथा सचेतना स्टिकर प्रदान गरेर उनले बिहीबार बिहान ट्राफिक सप्ताहको उद्घाटन गरेका हुन्।

‘सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरण’ नारासहित आजबाट ट्राफिक सप्ताह सुरु भएको छ। 

त्यसक्रममा लुम्बिनी प्रदेश र बाँके जिल्लाका प्रहरी तथा स्थानीय निकायको संयुक्त आयोजनामा प्रभात फेरी गरिएको थियो। प्रभात फेरीमा यातायात र शैक्षिक क्षेत्रका व्यक्ति तथा सर्वसाधारण सहभागी थिए।

प्रभातफेरीलाई संक्षिप्त सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले ट्राफिक सचेतनाका लागि सबै पक्षले सहयोग गरेको र चासो देखाएकोमा आभार व्यक्त गरे। ‘सचेतनाले दुर्घटना र ट्राफिक जामलाई न्यूनीकरण गर्ने मात्रै नभएर चालक, यात्रु सबैलाई ज्ञान दिनेछ,’ उनले भने।

यसैबीच गृहमन्त्री श्रेष्ठको उपस्थितिमा नेपालगन्जमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी भएको छ। कार्यक्रममा प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेय, गृहसचिव दिनेश भट्टराई र प्रदेश गृहसचिव लालबाबु कवारी पनि सहभागी थिए। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here