राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री

0
297

फागुन २१, २०८० सोमबार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन्।

नेपाली कांग्रेस नेतृत्वको सात दलीय गठबन्धन छाडेर वाम गठबन्धनको सरकार फर्काउने निर्णयपछि प्रधानमन्त्री शीतल निवास पुगेका हुन्।

त्यहाँ उनले परिवर्तित राजनीतिक घटनाक्रमबारेमा राष्ट्रपतिलाई ब्रिफिङ गर्ने बताइएको छ।

त्यस्तै नेकपा एमालेसहितको नयाँ समीकरणमा सरकार पुनर्गठनको निर्णयबारे पनि उनले राष्ट्रपतिलाई जानकारी दिने भएका छन्। 

वाम गठबन्धनको सरकार बन्ने भएलगत्तै सोमबार अपरान्ह कम्तीमा ४ जना मन्त्रीले पद तथा गोपनीयतको शपथ लिँदैछन्।

एमालेबाट पदम गिरी, माओवादीबाट वर्षमान पुन, जसपाबाट उपेन्द्र यादव र रास्वपाबाट रवि लामिछानेले पहिलो चरणमा मन्त्रीको शपथ लिन लागेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here