Tuesday, May 20, 2025

बकैयाको बागमती किनारमा भेटिए ३ वटा शव, बाढीले बगाएर ल्याएको आशंका

असोज १५ । मकवानपुरको बकैया गाउँपालिका वडा –१० स्थित बागमती नदीको किनारमा तीनवटा शव फेला परेको छ।

स्थानीय बासिन्दाले बागमती नदीमा माछा मार्न जाने क्रममा उक्त शव देखेका बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले जानकारी दिए। 

बकैयामा एउटा महिला र दुईवटा पुरुषको शव फेला परेको हो। शवको सनाखत हुन सकेको छैन। 

ती शवलाई हेलिकप्टरमार्फत काठमाडौँ लैजान गृह मन्त्रालयसँग समन्वय भइरहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिए। 

बाढी पहिरोले शव बगाएर ल्याएको शव हुनसक्ने अनुमान गरिएको चिलुवालले बताए।

लोकप्रिय