Friday, October 18, 2024

रौतहटको कटहरियामा लायन्स कल्वले बाडे राहत

ताजा / भरखरै प्राप्त

राैतहट, २२ असोज । लायन्स कल्वले कटहरिया नगरपालिकामा वाढि पिडितलाई राहत प्रदान गरि पिडितलाई सहारा दिने गरेका छन । सो नगरपालिकाको वडा नम्बर ४ हर्षाहा टाेलमा वडा अध्यक्ष चन्दन कुशवाहाकाे राेहबरमा एक सय दस परिवारलाई राहर वितरण गरिएको हो ।वाढिपितलाई राहत स्वरुप चामल, दाल , नुन, तेल,सोयाविन,आलु, चिउराभुजा ,चनादाल , सेनेटरी पैड सहितका समान शुक्रबार वितरण गरिएको लाईन्स कल्व अफ चन्द्रपुरका अध्यक्ष लायन्स ओसी अख्तरले बताए ।

साे अवसरमा लायन्स कल्व राैतहटका विभिन्न पदमा रहेका दिपक रेग्मी ,शेख अजहरी दिन ,गणेश प्रसाद साह,किरण मिश्रा ,विनोद गुप्ता,राजन साह ,राजेन्द्र श्रेष्ठ ,निशा कोईराला ,सोभित सिलवाल,राम सागर यादव र निर्मला सुवेदी सहितका समाजसेवीहरुको उपस्थिति रहेको थियो । यश अधि कटहरिया नगर पालिकाले आफ्नो कार्यालयको तर्फबाट पनि सो वडाका पिडित लगायत ५ सय परिवारलाई सम्बन्धित वडामा पुगि नगर प्रमुख अजय प्रकाश जयसवाल आफै उपस्थित भई राहत बाडेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles