टिपर सडकबाट १ सय मिटर तल खस्दा चालकको मृत्यु

0
135

कार्तिक २ । दाङमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बंगलाचुली गाउँपालिकामा गएराति रा १ ख १८५७ नम्बरको टिपर दुर्घटनामा परेको हो। 

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनामा टिपर चालक दाङकै गढवा गाउँपालिका–७ निवासी प्रभु चौधरीको मृत्यु भएको छ। 

चुनढुँगा लिन जाँदै गरेको टिपर घोराही–तापा सडक खण्डमा पर्ने जुम्लेपानीमा  सडकबाट करिब एकसय मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। 

दर्घटनामा चादककाृ घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता ईश्वर थापाले जानकारी दिए। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here