प्रतिपक्षी दलको बैठकमा माधव नेपालले भने- अध्यादेश आउन सक्छ, चनाखो बनौं

0
99

कार्तिक १ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले साना दलहरूलाई विभाजन गर्नका लागि अध्यादेश ल्याउन लागेको बताएका छन्।

दुई दलीय ध्रुवमा जाने नेकपा (एमाले) को रणनीतिअन्तर्गत दल विभाजन गर्ने अध्यादेशको तयारी भइरहेकाले चनाखो हुनुपर्ने अध्यक्ष नेपालको भनाइ छ।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा बसेको प्रतिपक्षी दलहरूको बैठकमा अध्यक्ष नेपालले यसो भनेपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि सही थापेका थिए।

उनले एकीकृत समाजवादी, माओवादी केन्द्र र रास्वपालाई विभाजन गर्ने गरी अध्यादेश ल्याउन लागिएको खबर आफूले पनि पाएको बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

Laxmi bank

बैठकले संसदको अधिवेशन बोलाउन तयारी गर्न र बाढीपहिरो प्रभावितलाई सरकारले उचित राहत दिन नसकेको भन्दै ज्ञापन पत्र बुझाउन कार्यदल पनि गठन गरेको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here