रविलाई पक्राउ गर्न वनस्थली पुग्यो सीआईबीको टोली

0
94

कार्तिक २ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली पार्टी कार्यालय, वनस्थली पुगेको छ।

सीआईबीका प्रवक्ता समेत रहेका एसपी होबिन्द्र बोगटीको नेतृत्वमा टोली केहीबेरअघि मात्रै त्यहाँ पुगेको हो। 

सीआईबी प्रमुख एआईजी दीपक थापाले भने, ‘पक्राउ पुर्जी आइसकेको छ। अब बाँँकी प्रक्रिया अघि बढ्छ।’

आजै कास्की जिल्ला अदालतबाट प्रहरीले रविलाई पक्राउ गर्न अनुमति लिएको थियो। 

अहिले रास्वपा कार्यालयमा समर्थकको ठूलो भिड लागेको छ। शुक्रबार सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी भएपछि समर्थकहरू पार्टी कार्यालयमा भेला भएका हुन्। 

सााथै, प्रहरी अधिकारीहरू पनि बाक्लो संख्यामा उपस्थित भएका छन्। काठमाडौँ प्रहरी परिसर र मातहतका वृत्तबाट ठूलो संख्यामा प्रहरी परिचालन भएको हो। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here