जलेश्वर कारागारमा एकजना कैदीको मृत्यु

0
46

जनकपुरधाम, माघ २० । महोत्तरीको जलेश्वर कारागारमा एक कैदीबन्दीको मृत्यु भएको छ। आगजनी घटनाको अभियोगमा कारागारमा सजाय भुक्तान गरिरहेका धनुषाको बटेश्वर गाउँपालिका–१ स्थित कार्तिकुमरका ५६ वर्षीय जोगेन्द्र महराको मृत्यु भएको हो। 

कारागार प्रशासन प्रमुख अशोक क्षेत्रीका अनुसार अचानक पेट दुखेपछि उनलाई मध्यराति प्रादेशिक अस्पताल जलेश्वरमा भर्ना गरिएको थियो।

‘उनले ग्यासको ट्याब्लेट खाँदै आएका थिए । राति अचानक बेस्सरी पेट पेट दुख्यो । प्रादेशिक अस्पताल जलेश्वरमा हामीले अस्पताल भर्ना गरायौँ । उपचारको क्रममा राति २:३० बजेतिर डाक्टरले मृत घोषणा गरिदियो,’ क्षेत्रीले भने ।

२०३८ सालमा गाउँकै एकजनाको खेतमा भएको आगजनी घटना अभियोगमा धनुषा जिल्ला दालतले उनलाई दोषी ठहर गरेको थियो।

Ncell

घटनापछि फरार सूचिमा रहेका उनलाई करिब २ वर्षअघि धनुषा प्रहरीले पक्राउ गरेर सजाय भुक्तानका लागि कारागार चलान गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here