रिंकु सदाय मृत्यु घटनामा एक जना आरोपी पक्राउ

0
27

काठमाडौं, फागुन २१। सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको मृत्यु भएको घटनामा प्रहरीले एक जना आरोपीलाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी वीरेन्द्रकुमार पासवानले उक्त घटनामा परिवारले जाहेरी दिएका आठ जनामध्ये एक जनालाई बुधबार पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेका व्यक्ति नाबालक रहेकाले सार्वजनिक नगरिएको पनि डिएसपी पासवानले बताए।

‘परिवारले जाहेरी दिएकोमध्येका एक जनालाई पक्राउ गरेका हौं। यसबारे सार्वजनिक गर्दैछौं,’ उनले भने।

माघ ३० रिंकु आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।

माघ २७ गते रातको साढे ९ बजेतिर शौचालय जान घरबाहिर निस्किएकी रिंकु भोलिपल्ट बिहान ३ बजे बिक्षिप्त अवस्थामा घर आइपुगेकी थिइन्।

Laxmi bank

उनले आफूमाथि तीन जनाले बलात्कार गरी राति घर अगाडि ल्याएर छाडिदिएको परिवारलाई बताएकी थिइन्।

तर उनीमाथिको घटना आर्थिक लेनदेन गरी  मिलाउन पञ्चायत नै बसेको थियो।

Nchl
Ncell

घटना सार्वजनिक भएपछि मधेस प्रहरी कार्यालयका एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा छानबिन समिति गठन गरी अनुसन्धान भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here