सुमनाको प्रश्न- तलब भत्ता दिन नसक्ने अवस्था लुकाउन पालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको हो?

0
20

 फागुन २१। प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले विभिन्न पालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत नपठाइएकोबारे सरकारसँग जवाफ मागेकी छन्। 

बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद श्रेष्ठले देशभरिका एक तिहाई पालिकामा र मधेसमा मात्रै ६९ पालिकामा प्रमुख प्रशासकीय अधिकृत नभएको बताउँदै सामान्य प्रशासन मन्त्रीसँग त्यसबारे जवाफ मागेकी हुन्। 

‘मन्त्रीज्यूले एक हप्ताभित्र पदपूर्ति गर्छु भन्नुभएको थियो, त्यो कहाँ पुग्यो ?,’ उनले भनिन्। 

उनले काठमाडौं महानगरपालिका मात्रै नेपाल नभएको बताउँदै अन्य पालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत पठाउनुपर्ने बताइन्। 

Laxmi bank

सांसद श्रेष्ठले सरकारले आफ्नो ‘अकर्मण्यता’ लुकाउन प्रमुख प्रशासकीय अधिकृत नपठाएको हुनसक्ने पनि बताइन्। 

Nchl
Ncell

‘प्रमुख प्रशासकीय अधिकृत नपठाएपछि तलब भत्ता दिनुपरेन,’ उनले भनिन्, ‘यी सबै धान्न नसक्ने भएकाले यो अर्थतन्त्रको बेहाल अवस्था लुकाउन लागिएको प्रपञ्च हो कि भनेर कताकता मनमा लाग्न थालेको छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here